मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
१६ असार २०८२ २२:०८
188
Shares

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी सिस्ने गाउँपालिका–३ पोखराका ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए।

धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नं को मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो। मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन्। उनको ढाड र हातको औँलामा चोट लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.