स्व.दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार प्रज्वल पौडेललाई

डिसी नेपाल
१७ असार २०८२ १६:५०
44
Shares

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ ।

असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र पहरी नायव उपरीक्षक एबं सह प्रबक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन् । प्रज्वल पौडेल संगित विधातर्फ बाध्यबादन र गायनमा उत्कृष्ट ठहरिएका छन् । उनी अहिले द भ्वाईसअफ किड्स सिजन ४ मा समेत ब्याटल राउण्डबाट लाइभ राउण्डमा समेत प्रवेश गरेका छन् ।

यसअघिका वर्षहरुमा सो पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरु रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।

स्व.पाठको स्मृतीमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरुद्वारा सामूहिक रुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुनेछात्र तथा छात्रालाई प्रदान गरिदै आएको छ ।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए । गीत संगीतमा रुची राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधी समेत हात पारेका थिए ।

गीत लेख्ने, संगीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.