कर्णाली प्रदेशको भौतिक मन्त्रालयका सवारी चालकको शव फेला

डिसी नेपाल
२० असार २०८२ २१:५९
44
Shares

काँक्रेविहार (सुर्खेत)। यही असार ६ गतेदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेशस्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव आज भेरी नदी किनारमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए।

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो। खोजतलासका क्रममा आज बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.