कविता : खुसीको तरंग
खुसीको तरंग आज मनमा झुमिरहेछ
जीवन डुंगा आज सागरमा नाचिरहेछ।
आशाहरु जीवनसँगै नाची रहेछन्
पानीका छालले ताली पड्काइरहेछन्।
खुसीका तरंग आज मनमै नाचिरहेछन्
सागरका छालपनि आज दौडी रहेछन्।
मन डुंगा झैं भवसागरमा मच्चिरहेछ
तल माथि तलमाथि गरी तैरिरहेछ।
आकासमा बादल मडारी रहेछ
मेघ गर्जनको आशका देखाइ रहेछ।
घाम बिस्तारै डुब्न लागिरहेछ
सूर्यको लाली पस्श्मिाकासमा पोतिरहेछ।
मेरो नाउ काहा किनारा लागिरहेछ
बीच सागरमा यो तैरिरहेछ।
मन हाँसिरहेछ रुप हाँसिरहेछ
जीवन एक नाउमा यता उता चलिरहेछ।
बदलिँदो आकासमा जीवन गुज्रिइ रहेछ
लक्ष्य जीवनको के हुँदो रैछ खाली शून्य रैछ।
हाँसेपछि रुनु पर्दो रहेछ एक छिनको हाँसो रहेछ
दु:खको संसारमा हाँसो त एउटा मजाक रहेछ।
एकछिनको लागि फुलेको पानीको बुँद रहेछ
एक छिन खुसी मनले हाँसेपनि रुनु पर्दो रहेछ।
केही वर्ष बिते कोहीको हाँसो मुस्कान मजाकमा
अरबौंको जीवन बितेको छ भोक,रोग शोकमा।
खुसीको तरंग के हो क्षण क्षणमा आउने
लामो जीवनको यात्रा त छ दुःखमानै बिताउने।
बुद्ध हाँसेपछि रोए दुःखको संसार बुझिकन
रोएपछि मौन भए यो संसारको सत्य बुझाइकन।
हाँसो खुसीको तरंग हो क्षण भर मै हराउँछ
मन भित्रका खुसीका तरंग मन भित्रै सेलाउँछ।
यो जीवनको सफर अजिव र अचम्मको छ
कहाँबाट सुरु हुन्छ कहाँ गइ हराउँछ।
कसैको प्रेममा हामी खुसीले मुस्कुराउँछौं
अनन्त यात्रामा जाँदा सबैलाई रुवाउँछौं।
धन सम्पत्तिको भोगले हुन्न हाँसो कतैपनि
सादाजीवन उच्चबिचार आनन्द छ जहिलेपनि।
खुसीका तरंग ती सारा मनमा आइ बस्दछ
मनको खुसीको झल्को अनुहारले बताउँछ।
खुसी एकान्तमा हुन्छ ध्यानमा झन् बढी
ध्यानैले सबै इच्छा मर्छ लोभ हुन्न एकरति।
सदा सुखी बनी रहोस खुसी मनका तरंगहरु
कोहीले रुन नपरोस् हाँसो सधैं खुलिरहोस्।
खुसीका तरंग सधैं छाइरहो्स मनमहाँ
खुसीका मनभरी आँसु बगिरहोस् दुई आँखमा।
सृष्टि भित्रको दृष्टि
सृष्टि भित्रको रैछ दृष्टि यो संसारमा
अनन्त कोटी ब्रम्माण्ड यो भवसागरमा
डाँडा पाखा नदी नाला बगेका छन् हरघडी
होचा उचा पहाड उभ्भिएका शिर ठाडो गरी।
घोडा चढे सरि दौडेका छन् अग्ला पहाडका चुला
राता गोरा पिला काला टोपी टुपी हल्लाउँदै झुला
सेता पहाडका टुप्पा अग्ला अग्ला हिमाली स्तन
झुमेका छन् ठाउ ठाउँमा हाँसी हाँसी त्यो मन।
लटरम्ब फुलेका छन् ती राता गुराँसका फूल
भीरमापनि झुलेका छन् थरिथरीका फल
निलो आकास माथि छ हरियाली छ भुईंमा
छिनमा उदाउने सूर्य चन्द्रमा छिन् निदमा।
कल्कलाउँदा धानका बाला झुलेका छन् कहीँ
कहीँ गहुँका झुम्का हल्लेका छन् जहीँ त्यहीँ
खेती किशानी गर्दैछन् परिश्रमी भुईं मानव
कहीँ मानव हत्त्या गर्दै छन् बनी दुष्ट दानव।
सृष्टिको एक त्यो विश्व टुक्रा टुक्रा चिरा परी
बनेको छ महादेश या देश सानो गरी गरी
भित्रको सानो घरमा बसेका छन् सबैजना
आफ्नो धर्म ली साथमा लागेका छन् स्वकर्ममा।
कोही स्वधर्ममा लागेका छन् कोही अधर्ममा
कोही धर्म छोडी बसेका छन् कोही धर्म ग्रन्थ पिइ
कोही जोगी बनेका छन् कोही गृहस्थीमा बसी
ईश्वरको सृष्टिमा एकै छन तापनि भिन्न रही।
सृष्टिकर्ताले हामीलाई भूगोल पृथ्वी बनाए
कसैले चिरा चिरा पारी भारत इरान बनाए
मानिस मानिस बीच भिन्न धर्म चलाए
त्यसैमा बिबाद गरी द्वन्द्वको महल बनाए।
हामीले के बनायौं र यो संसारमा
प्रकृतिको सृष्टिमा हामीले कुदृष्टि रचायौं
राम्रा राम्रा चिजप्रति इच्छा गुमायौं
नराम्रा नराम्रा कुराप्रति इच्छा जगायौं
खन्यौं पहाड फोड्यौं काटिए वृक्ष हराभरा
नटुक्रिएका भूमि पार्यौं हामीले चिरा चिरा
प्रकृतिको सृष्टिको दृष्टि कहाँ छ र समान
यहाँ सबै दबिएका छन् बलियाको कमान।
दुःखी गरीब कोही छैनन् सबै सृष्टि समान छ
यिनैका मनमा फेरि सच्चा बोधको इमान छ
कोही धनी असाध्यै छन् कोहि गरीब माग्ने
कोही सज्जन डाका छन् कोही लोभमा लाग्ने।
चिनेनन् कसैले यहाँ मानिस मानिसको सुदृष्टि
कोही पसिना चुहाउँदैछन् कोही दानवको कुदृष्टि
यहाँ पहाडमा सान्ड़ो भारी बोकी रहेका होलान्
शेस्पियर गुफामा अझै गोत्लिइ रहेका होलान्।
यहाँ इल्लियट कोठामा लेखीरहेका होलान्
कोही भने पहाडी डिस्कोमा बसी वोड्र्स वर्थ
झैं प्रकृतिका मधुर कविता रचिरहेका होलान्
के छैन यहाँ त्यस्तो जो प्रकृतिको सृष्टिमा
फरक एक छ त्यो एउटै मानिसको दृष्टिमा।
मनको गीत
मन भित्रको गीत म कसरी गाउँ
मन भित्रका दुःख दर्दका कुरा गरी
म आफ्ना आँखाबाट आँसु बगाउँ
र, एउटा भित्र दिलमा साथी बनाउँ।
जसले मलाइ बाँधेर संसारमा लिइ आयो
एउटा सानो पिँजडा भित्र घुसायो
त्यो पिजडाले आज मलाइ बन्दी बनायो
पखेटा काटिएको जस्तो एउटा पन्छी बनायो।
कति मन भुलाउँ कति गीत सुनाउँ
यो कोमल मनलाई पत्थर कसरी बनाउँ
दुःखको गीत सुनाई वीणा कसरी बजाउँ
त्यो आकाश गंगामा कसरी म उडी जाउँ।
पन्छी हुँ म सुगा म पिँजडामा परी गएँ
ठूलो आकाशबाट म सानो आकाशमा बाँधीगएँ
मेरो गीतको बोली आज कसले सुन्दिने हो
टुटे फुटेको तोते बोली कसले बुझ्दिने हो।
सुगा जोडीको हेर ती कति प्रेमानन्दमा छन्
आकाशमा उडी उडी सारा समुद्र घुम्दछन्
जंगल जंगल चहारी हिँड्छन् मधुर गीत गाइ
जोडीको जीवन त्यो हेर उडेका छन् रमाइ रमाइ।
ख्वाउँछन् खीरको भात पानी साथ नजिकमा
खान मन कुनै छैन यो बन्धनको महलमा
सुख छैन् चयन छैन गोपी कृष्ण भनी भजुँ
विरहको यो मनलाई कसरी कृष्णमा चढाउँ।
गीत मेरो सुनाउँछु गोपी कृष्ण भनी भनी
मन मेरो चोख्याउँछु राधेकृष्ण सुनी सुनी
भगवान पुकार सुन्देउ छुटकारा देउ मलाइ
गीत मेरो सुनी मुक्त देउ मलाइ।
राखी मनमा दया भक्ति सबै बन्धन छुटाउ
यो सानो पिँजडाबाट मलाई मुक्त गराउ
संसार मेरो महाकांशस उडी म जीवन बिताउँछु
सारा मेरो व्यर्थको जीवन म प्रभुमा चढाउँछु।
बिछोडको प्रेम
अब तिमीसँग मिल्न सक्तिन म
तिमी कता कता छौ कता छु म
डालीबाट श्रृंगारको फूल खसिसक्यो
ओइलियी त्यो फूल धुलमै मैलिसक्यो।
अब तिमीसँग मिल्न सक्तिन म
अब तिमीसंग मिल्न सक्तिन म
बसाउ मलाई मनमा त्यो प्रेम खुलेर
जिएको छु तिमीलाई यो भूमिमा कुरेर।
पूर्णिमा महिनामा देख्छु चन्द्र रातमा
देख्दिन कुनैदिन तिमीलाई यहाँ बसेर
भनेकी छ्यौ तिमीले म आउँछु भनी
भुलायौ तिमीले मलाई यो आकास मुनी
आँखा यी मेरा टट्टायी सके पर्खाइमा
डालीबााट फूल खसी सक्यो मुरझायी भुईंमा
रंगिली रातमा तिम्रो रुप यौवन खुलेको
कल्पना भित्रको मनमा कति रुप झुलेको।
आउ आकाशमा जाउँ हामी दुई साथमा
सुनाउँ गीत हाम्रो प्रेम संसारको माझमा
बिछोड नहोस् प्रेम सर्वथा कहिलेपनि
टुसाओस् प्रेमको आँकुर जहिलेपनि।
सुनुन् संसारले प्रेमको जीवनी कथा
देखुन् संसारले प्रेम बिछोडको ब्यथा
भगवान भाग्यमा तिमीले के लेखायौ
दुई प्रेम बीचको प्रसंगलाई किन मेटायौ।
के छ मेरो त्यस्तो पापी मनको भुल
त्यो भुलले गर्दा आज भयो सबै धुल
खामोस छ आज सब जमाना
हाम्रो यो प्रेम ग्रन्थ बिछोडको।
प्रेमको मोहमा जीवन कति अमूल्य छ
यसको बिछोडमा जीवन कति उजाड छ
जुटौं सबै प्रेममा आपस आपसको मिलनमा
नहोस् प्रेमको बिछोड कसैको यो बर्तवानमा।
आज त्यो सूर्यको हेर प्रेम कति छ चन्द्रमाको
चन्द्रमा कहाँ लुक्छिन् त्यो नव आकाशको
बिछोड सूर्यको जस्तै आज प्रेमको बिछोड छ
कहिले चन्द्रसँग भेट होला भनि सूर्यको आश छ।
यहाँ एक दर्द छ मनमा प्रेमको बिछोड
त्यहाँ एक कल्पना छ मन भुलाउने रोग
नजाने कहिले हुन्छ हाम्रो प्रेमको मिलन
आकाश फोडौं कि जस्तो छ मनभित्र जलन।
बिछोडको कथा म कति तिमीलाई सुनाउँ
मन भित्रको दियो प्रेमको म कति जलाउ
राधा राधा भनि जाउँ कृष्ण जस्तै बनिकन
त्यो धुन प्रेमको मुरली भाँचिनेछ कुनै दिन।
भेट्नेछु तिमीलाई आउँछु त्यो परलोकमा
खोज्दै आउनेछु तिमीलाई त्यो स्वर्गलोकमा
मनको बह पोख्दै अगाडि रुन्छु धरधरी
पुछी दिन्छ्यौ कि तिमीले आँसु धारा गहभरी।
















Facebook Comment