एलीना चौहान र पवन परियारको स्वरमा ‘सिस्नो ले पोल्यो’ सार्वजनिक

डिसी नेपाल
२९ असार २०८२ १०:१८
184
Shares

काठमाडौं। चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको स्वरमा सजिएको नयाँ लोकपप शैलीको गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक भएको छ। गीत शुक्रबार टिआर सिरिज नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

गीतमा तुलाराम लामिछाने र गायक पवन परियारकै शब्द संयोजन रहेको छ। संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। परम्परागत लोक भावनालाई समेट्दै आधुनिक संगीत संयोजनमार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी, र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।

गीतले पहाडी गाउँको परिवेश, प्रेम, र पीडाको कथा प्रस्तुत गर्छ। “सिस्नोले पोल्यो” भन्ने प्रतीकात्मक भावमार्फत मनको घाउ र सामाजिक सन्दर्भहरूलाई गीतमार्फत प्रभावशाली ढंगमा व्यक्त गरिएको छ। एलीना चौहानको सुमधुर स्वर र पवन परियारको दमदार गायनले गीतलाई थप भावुक र आकर्षक बनाएको छ।

सुरेश पाण्डेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोलाई देव दोर्जे लामाले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्। गीत युट्युबमार्फत सार्वजनिक भएलगत्तै दर्शकरस्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। लोकपप शैलीमा ल्याइएको यस प्रकारको सिर्जना नेपाली संगीतमा नयाँ स्वाद थप्ने प्रयासका रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.