एलीना चौहान र पवन परियारको स्वरमा ‘सिस्नो ले पोल्यो’ सार्वजनिक
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
काठमाडौं। चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको स्वरमा सजिएको नयाँ लोकपप शैलीको गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक भएको छ। गीत शुक्रबार टिआर सिरिज नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
गीतमा तुलाराम लामिछाने र गायक पवन परियारकै शब्द संयोजन रहेको छ। संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। परम्परागत लोक भावनालाई समेट्दै आधुनिक संगीत संयोजनमार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी, र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।

सुरेश पाण्डेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोलाई देव दोर्जे लामाले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्। गीत युट्युबमार्फत सार्वजनिक भएलगत्तै दर्शकरस्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। लोकपप शैलीमा ल्याइएको यस प्रकारको सिर्जना नेपाली संगीतमा नयाँ स्वाद थप्ने प्रयासका रूपमा हेरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment