कविता : मेरा विचारहरू
म मै हुँ मेरा बिचारहरु मेरा हुन्
तिमी म हुन्छौ भने मेरा विचारहरू बन
किनकी म मेरा बिचारहरु भन्दा फरक छैन
म मात्र मेरा बिचारहरुमा छु अन्यत्र हैन।
म श्रेष्ठ हुँ तसर्थ मेरा विचारहरू श्रेष्ठ छन्
तिमी म हुनुछ भने मेरा विचारहरूमा हुनुपर्छ
किनकी म मेरो बिबेकको उत्कुष्टता हुँ
मलाई म बाहेक कतै बिबेक छ भन्ने लाग्दैन।
म मात्र जीवनको अन्तिम सत्य हुँ
मलाई बाहेक कसैलाई सत्य थाहा छैन
म बिजेता हुँ सबथोक मेरा लागि गौण छन्
तिमी सत्य चाहान्छौ भने मेरा विचारहरू बस।
म समय हुँ तसर्थ समय मेरा लागि बज्नु पर्छ
म अनन्तताको आकासमा बिचारहरु हुँ
तिमी समय चाहान्छौ भने मेरा विचारहरूमा बस
समय मात्र मेरो हो मेरा बिचारहरुको समय।
क्षितिजमा हेरेर कल्पिन्छौ भने म शक्ति हुँ
बलवान अस्तित्व बोकेर जमीन उचाल्ने म
मेरा मात्र बिचारहरुमा छु अन्य सबै गौण छन्
म मेरो समयको बिचारहरुमा मदमग्न छु।।
















Facebook Comment