अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै सक्दैनः प्रचण्ड

डिसी नेपाल
३० असार २०८२ १७:३६
88
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका हुन्।

अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरुको रक्षा गरेको उहाको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको जिकिर गरे। त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ वर्षमा शान्तिप्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए।

संक्रमणकालीन न्यायसंग सम्बन्धित विषयलाई सहज रुपमा टुंग्याउनुपर्ने आफुहरु प्रष्ट रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.