पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ : अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ।
मंगलबार चावहिलस्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो।
श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए। नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे।
उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ। उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने कुरा हो। उहाँ आफ्नो निष्ठामा कहिल्यैपनि विचलीत हुनुभएन। ११ पटक मन्त्री भएपनि कहिल्यै उहाँ विवादित हुनुभएन्। यो उहाँबाट सिक्नुपर्छ।’
मगरप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ।
८७ वर्षीय मगरको गत शुक्रबार ललितपुरको ग्वार्खोमा रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पशुपति आर्यघाटमा आजै उनको अन्त्यष्टि गरिनेछ।







डिसी नेपाल








Facebook Comment