डिसी महानगर क्षेत्रमा नेपाली समुदायको वनभोज कार्यक्रम

डिसी नेपाल
६ साउन २०८२ ७:५९
200
Shares

अमेरिका। अमेरिकाको डिसी महानगर क्षेत्रमा नुवाकोटबाट आएका नेपाली समुदायको वनभोज कार्यक्रम आयाेजना गरिएकाे छ।

नुवाकोटबाट अमेरिका आई डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको यो दोस्रो बनभोज कार्यक्रम भएको उत्सव रिमालले बताए।

गत २० जुलाई आइतबार सहकार्य, सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ परिचयात्मक पिकनिक (वनभोज) Marshal Virginia (उद्यान) मा दोस्रो पटक वनभोजको आयोजना गरिएकाे हाे।

कार्यक्रममा करिव २५० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रमको आयोजना अनौपचारिक र स्वयंसेवकहरूको सक्रियतामा आधारित थियो। स्वयंसेवकहरूले विभिन्न खेलकुद, रमाइलो खेलहरू, र सामूहिक नृत्य प्रदर्शनहरूको आयोजना गरी सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

वनभोजका प्रमुख आकर्षणहरूमा बिंगो राफल(चिट्ठा) र लोकप्रिय खेल “घ्याम्पो फुटाउने” आदि आयोजना गरिएका थिए। यी खेलहरूले सहभागीहरूलाई धेरै मनोरञ्जन प्रदान गरेकाे थियाे। सहभागीहरूलाई बिहानको खाजादेखि बेलुकाको खानासम्म विभिन्न स्वादिष्ट भोजनका परिकारहरुलाई खुवाइएकाे थियाे।

यो सफल आयोजनपछि डिसी महानगर (डिएमभी )क्षेत्रको नुवाकोट समुदायले यो पिकनिकलाई प्रत्येक वर्षको वार्षिक कार्यक्रमको रूपमा निरन्तरता दिने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.