भर्जिनियास्थित मनासस पार्कमा तीज मेला लाग्ने
भर्जिनिया। अमेरिकाको भर्जिनियास्थित मनास पार्कमा आउन लागेको तीज पर्वको लागि मेला लाग्ने भएको छ।
लिजाज ब्युटी एण्ड फेसन हबले आफ्नै सोरुममा गर्न लागेको यो चौथो मेला भएकाे जनाएको छ। नर्दन भर्जिनिया र आसपासमा बस्ने महिला दिदीबहिनीहरूको लागि लिजाज ब्युटी एण्ड फेसन हबले विगत वर्षहरूदेखि विशेषगरी तीजको उपलक्ष्यमा सुपथ मूल्यमा दिदीबहिनीहरूलाई तीजमा चाहिने सरसामानहरू सफात मूल्यमा उपलब्ध गराउँदै आएको छ।
लिजाज ब्युटी एण्ड फेसन हब सञ्चालिका लिजा चौधरीका अनुसार आगामी अगस्ट २ र ३ शनिबार र आइतबार बिहान ११ बजेदेखि राति ८ बजेसम्म मेला सञ्चालन हुनेछ। सो अवसरमा दिदीबहिनीहरूका लागि सारी कुर्था होलसेल मूल्य लगायत अन्य वस्तुहरूमा विशेष अफर ३० प्रतिशत छुटसम्म उपलब्ध गराइनेछ।

आयोजकका तर्फबाट संगीतको रमझमका साथ स्न्याक्सको पनि व्यवस्था गरिएको छ। र सबै दिदीबहिनीहरूको लागि सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
लिजाज ब्युटी एण्ड फेसन हबका अर्का सञ्चालक गोपाल चौधरीका अनुसार यो विशेष अवसरमा आफूले मुनाफा भन्दा पनि समुदाय का दिदीबहिनीलाई सुपथ मूल्यमा तीजको उपहार दिएर उनीहरुलाई खुसी बनाउनु आफ्नो लक्ष्य भएको बताएका छन्।
झापाबाट आएका चौधरी दम्पति फेसनको दुनियामा नेपालीमा मात्र नभएर भारतीय एवं साउथ एसिया बजारमा पनि सक्रिय छन्। र मेहनतले हर कुरा सम्भव हुन्छन् भन्ने विश्वास राख्ने उनी कुनै दिन उनको लक्ष्य अमेरिका र विश्व बजारमा पुग्ने बताएका छन्।







डिसी नेपाल








Facebook Comment