अनेसास डिसी च्याप्टरको भानु जयन्ती तथा पुस्तक लोकार्पण
काठमाडौं । अनेसास डिसी मेट्रो च्याप्टरले २१२औं भानुजयन्तीको अवसरमा जुलाई २६ मा विविध कार्यक्रम गरी मनाएको छ। मनाससको सेन्ट्रल लाइब्रेरीमा भानुको साहित्यिक योगदानको स्मरण, कवितावाचन र कृति लोकार्पण गरी कार्यक्रम मनाइएको हो।
दुई चरणमा सम्पन्न कार्यक्रममा प्रा. डा. गोपी उप्रेतीकृत कविता सङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’ को लोकार्पण र परिचर्चा गरिएको थियो।
प्रमुख अतिथिको रूपमा बोलदै अनेसास केन्द्रका संस्थापक होमनाथ सुवेदीले अनेसासमा गोपी जस्ता शक्तिशाली स्रष्टाहरूको उदय भएको बताए।
कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनालले भानुभक्तको साहित्यिक योगदान र जीवनीको चर्चा गर्दै भानुभक्तलाई आधुनिक युगको समय र प्रवृत्तिसँग जोडेर नकारात्मक टिप्पणी गर्नु युक्तिसङ्गत नहुने भनाइ राखे। समीक्षक तीर्थ पाण्डेले कवि गोपी साहित्य जगतका नयाँ प्रयोगकर्ता भएको धारणा राखे।

समीक्षक नारायण अधिकारीले ‘प्रकत्या सहजीवनम्’ कवितासङ्ग्रहमा बुद्धवादको सशक्त प्रयोग र बहस भएको बताए। पुस्तकमाथि टिप्पणी गर्दै अनेसास पुरस्कार समितिका पूर्वसंयोजक सीता पाण्डेले पर्यावरणजस्तो गम्भीर विषयलाई कवितासङ्ग्रहमा सहज ढङ्गले व्याख्या गर्न कवि सफल भएको विचार व्यक्त गरिन्।
पुस्तकमाथि आफ्नो पाठकीय धारणा बाँड्दै कवि जगन्नाथ पौडेलले कृति नेपाली साहित्यको विशिष्ट प्रयोगशालाको रूपमा प्रस्तुत भएको र विश्वसमाजमा पर्याधर्मको विशेष सङ्ग्रह बन्न पुगेको बताए।
कृतिकार उप्रेतीले आफूले पर्यावरण, बुद्धदर्शन र विज्ञान विषयलाई कवितामा प्रयोग गर्ने प्रयास गरेको जनाए।

कार्यक्रममा कवि गोपाल रेग्मी, अनेसास केन्द्रका पूर्वअध्यक्ष भीम रेग्मी, कवि राम अधिकारी, रामशरण हुमागाई, जेबी सभेन, देवेन्द्रराज अधिकारी, सुनिता खत्रीलगायतले कवितावाचन गरेका थिए।
कर्यक्रममा चर्चित नायक प्रदीप खड्काले गोपी उप्रेतीको कविता सङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’ पढ्न उत्सुकता जागेको बताए। कवि तथा गीतकार अम्बिका गुरुङ, एएनएचएस बीओटीका सभापति केदार तिमल्सिना, बाल कवि सचिन चापागाई, किन्जल ओझा, कवि प्रेम सङ्ग्रौला, दिनेश अधिकारी, सीता रेग्मी, रमेश खनाल, शान्ति रेग्मी, रन्जु पौडेल, एन्जिलिना गिरी, अनुभव नेपाल, कृष्ण सादगी, केशव बराल, विक्रम अर्याल, विशाल कार्की, अम्विका पोखरेल, शिवहरि दाहाल, अविजित राई, सुशन तिवारी, राजन खरेललगयत दर्जनौं साहित्यकार एवं साहित्यानुरागी व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता अनेसास वासिङ्टन डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको रहेको थियो। कार्यक्रमको पहिलो चरण महासचिव जगन्नाथ पौडेलले सञ्चालन गर्दा सदस्य तनुजा अधिकारीले स्वागत मन्तव्यसहित दोस्रो चरण सञ्चालन गरेकी थिइन्।









डिसी नेपाल








Facebook Comment