नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत

डिसी नेपाल
२३ साउन २०८२ १४:३०

काठमाडौं । पूर्व जलस्रोत तथा सिँचाईमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन्।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपालभारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए।

उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए।

उनले भने,‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ। तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो। भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो। दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै रास्वपाका उपाध्यक्ष डिपी अर्यालले नेपाल जलस्रोतको धनी देश भनेर भाषण गरेतापनि तराईमा पानी र सिँचाईको अभाव हुनु दुखद् भएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।

उनले भने,‘भाषणमा भन्ने गर्छौ सबैथोक हामीसँग छ। जलस्रोतको धनी देश भन्छौं। तर बर्खा लाग्नेबेला तराईमा पानी र सिँचाईको अभाव हुन्छ। यस्तो अवस्थाको अन्त्य गर्न पनि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *