साहित्यकार बजगाईंलाई डायस्पोरा लिटरेचर अवार्ड

डिसी नेपाल
६ भदौ २०८२ १०:०९
28
Shares

लन्डन। लन्डनमा आयेजित किताब जात्रा कार्यक्रममा बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान दिएका तथा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई मङ्गलबार अवार्ड प्रदान गरियो। किताब यात्रा फाउन्डेशनको आयोजनामा नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजित किताब जात्रा कार्यक्रममा डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं सहित अन्य व्यक्तित्व सम्मानित भएका थिए।

साहित्यकार बजागाईंलाई राजदूत चन्द्रकुमार घिमिरे र प्रोफेसर माइकल हटले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए।

वि.सं. २०४१ मा कविता प्रकाशन गरे साहित्यमा प्रवेश गरेका साहित्यकार कृष्ण बजगाईंले बेल्जियम र बेलायतमा २५ वर्ष बिताएका छन्। नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईंका कथा, कविता, नियात्रा र बालसाहित्यमा २४ ओटा पुस्तकहरु प्रकाशित छन्।

समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष बजगाईंले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालय,लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयकोस्नातक तहको नेपाली विषयको पाठ्यक्रममा उहाँका चारवटा नियात्रा, एक लघुकथा कक्षा १२ को अनिवार्य नेपालीमा र एक बालकथा कक्षा ५ को सरकारी विद्यालयमा पढाई हुन्छन्।

अर्को एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा पढाई हुन्छ भने उनका अरु २१ वटा बालकथा नेपालको निजी विद्यालयका कक्षा ४, ५ , ६ र ७ को पाठ्यक्रममासमावेश भएर पढाई भइरहेका छन्।

किताब जात्रा कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई ‘किताव जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड’, पत्रकार नवीन पोखरेललाई ‘किताव जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड’, कुशल श्रेष्ठलाई ‘किताव जात्रा डायस्पोरा मिडिया अवार्ड’, उद्यमी डा.। रक्षा थापालाई ‘अन्टरप्रिनरसीप अवार्ड’ (फिमेल) र छोङ् शेर्पालाई ‘अन्टरप्रिनरसीप अवाडर्’ (मेल) एवं युवा व्यवसायी विकास नेपाललाई ‘युथ आइकन अवार्ड’ प्रदान गरिएको छ।

किताव यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले किताब जात्रा मार्फत पुस्तक प्रदर्शनी गर्दै पठन संस्कृतिको विकाश गर्ने, उद्यमशीलताको प्रवद्र्धन एवं श्रष्टा सम्मान कार्यक्रम फाउन्डेशनको मुख्य उद्देश्य रहेको बताए। फाउन्डेशनले यस अगि बेलायत, नेपाल, भारत र युएईमा किताब जात्रा कार्यक्रम सम्पन्न गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.