क्यानडाको क्यालगरीमा ४२ औं एएनए सम्मेलन भव्यताका साथ समापन
क्यानडा। क्यानडाको क्यालगरी शहरको गेल्नमोर सेन्टर कनभेन्सन हलमा ४२ औं एएनए सम्मेलन समापन भएको छ।
१९८३ मा स्थापना भएको एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (एएनए) ४२ औं सम्मेलन भव्यताका साथ सम्पन्न गरेको हो।
दुई दिनसम्म चलेको सो सम्मेलनमा ‘जसो गर जे भन जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ भने झैं नेपालीपन झल्केको थियो भने प्रवास रहेर पनि नेपाली भाषा, साहित्य, कला, संस्कृतिलाई जगेर्ना गर्ने विषयमा गहन छलफल पनि भएको थियो।
एएनए सबैभन्दा पुरानो, अग्रणी र प्रभावशाली द्वि–राष्ट्रिय नेपाली समुदाय संस्था हो। चार दशकभन्दा लामो यात्रामा एएनएले विश्वभरका नेपालीलाई एकता, पहिचान, सांस्कृतिक गर्व र नीतिगत योगदानको साझा मञ्च प्रदान गर्दै आएको छ। संस्थाको उद्देश्य नेपाली डायस्पोराबीच एकता र सौहार्द प्रवद्र्धन, नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा ज्ञानमार्फत सशक्तीकरण गर्नु रहेको छ।
३७ वर्षपछि क्यानडामा फर्किएको यो सम्मेलन केवल भेटघाट मात्र नभई डायस्पोराको उज्ज्वल भविष्यको लागि कोसेढुंगा हुने ऐतिहासिक अवसर हो र जसले विश्वभरका नेपालीलाई एकै मञ्चमा ल्याएर सहकार्य, नीतिगत संवाद र सांस्कृतिक सम्पदाको पुनः पुष्टि गरेको छ।
उक्त सम्मेलनका प्रमुख अतिथि दक्षिण एसियाका अग्रणी अर्थशास्त्री, अन्तर्राष्ट्रिय नीति विज्ञ र नेपालका संघीय सांसद डा. स्वर्णिम वाग्ले थिए। उनको उपस्थितिले उक्त मञ्चलाई वैश्विक स्तरको बौद्धिक र नीतिगत प्रभावमा रूपान्तरण गरेको थियो।
उक्त कार्यक्रममा उच्चस्तरीय आकर्षणहरूमा भव्य उद्घाटन समारोह र विशेष स्वागत कार्यक्रम, नेपालको जलविद्युत् विकास र प्रवासी संलग्नता सम्बन्धी नीति संवाद, दोहोरो नागरिकता विषयक अन्तर्राष्ट्रिय बहस प्रवासी नेपालीको भूमिका र अवसरबारे नीति–निर्माता, व्यवसायिक नेता र अनुसन्धानकर्तासँग गरिएका अन्तरक्रिया दिगो विकास र आर्थिक स्थायित्व सम्बन्धी दृष्टिकोण आदान–प्रदान महिला नेतृत्व सशक्तिकरण र युवा फोरम, मानसिक स्वास्थ्य सचेतना नेपाली साहित्यिक कार्यक्रम कविता, कथा, निबन्ध र समकालीन प्रवासी साहित्य, नेपालको सांस्कृतिक विविधताको अद्वितीय प्रस्तुति, संगीत, नृत्य र सांस्कृतिक कार्यक्रम, सांस्कृतिक भ्रमण तथा उच्चस्तरीय नेटवर्किङ सत्र रेहेको थियो।
त्यसैगरी उक्त सम्मेलनमा उत्तर अमेरिकाका नेपाली बौद्धिक, नीति विज्ञ, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, व्यवसायिक नेता, क्यानडाका एमपी, एमएलए, मेयरहरू, युरोप र नेपालका विशिष्ट व्यक्तित्व, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा समुदायिक अगुवाहरूको उपस्थितिले वैश्विक संवादको अद्वितीय वातावरण सिर्जना गरेको थियो। उक्त कार्यक्रममा विशेष रूपमा, नेपालका क्यानडास्थित राजदूत भरतराज पौड्याल, संघीय तथा प्रान्तीय सांसदहरू, अन्तर्राष्ट्रिय अतिथि, र प्रवासी नेपाली समुदायको व्यापक सहभागिताले यस सम्मेलनलाई ज्ञान, नीति, संस्कृति र नेतृत्वको अनुपम मञ्चमा रूपान्तरण गर्नेछ। उक्त सम्मेलन केवल तीन दिनको कार्यक्रम मात्र नभई, हाम्रो साझा भविष्यको मार्गचित्र कोर्ने अवसर हो। त्यहा भएको बहस, छलफल र सहकार्यले प्रवासी नेपालीको पहिचान, नेतृत्व र योगदानलाई विश्वमञ्चमा अझ मजबुत बनाएको थियो।
























Facebook Comment