पोखरामा हास्य कलाकारहरूको बेजोड प्रस्तुती ‘द लाफ्टर थेरापी’ हुँदै

डिसी नेपाल
१८ भदौ २०८२ १३:०८
332
Shares

काठमाडौं । पर्यटकीय नगरी पोखरालाई हसाउन चर्चित हास्य कलाकारहरू त्यहाँ पुग्ने भएका छन्।

द लाफ्टर थेरापीले भदौ २१ गते पोखरामा हास्य कार्यक्रम गर्ने भएको हो। कार्यक्रम बेलुकी ४ बजेदेखि ६ बजेसम्म पोखरा थ्रेटर गैरा पाटनमा सञ्चालन हुने छ।

द लाफ्टर थेरापी नाम दिइएको कार्यक्रममा स्ट्यान्डप कमेडीयन अर्जुन पोखरेल, सन्तोष तिवारी, रेशम सापकोटा, आयुष घिमिरेले आफ्नो प्रस्तुति देखाउने छन्।

कार्यक्रम अवलोकनका लागि विद्यार्थीका लागि दुई सय र अन्यका लागि तीन सय शुल्क निर्धारणा गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको सञ्चालन जनत अधिकारीले गर्ने छन्।

लगत्तै यस्तै प्रकृतिको कार्यक्रम विराटनगर, चितवन, बुटवल र नेपालगञ्जमा गर्ने योजनासमेत रहेको आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.