पोखरामा हास्य कलाकारहरूको बेजोड प्रस्तुती ‘द लाफ्टर थेरापी’ हुँदै
काठमाडौं । पर्यटकीय नगरी पोखरालाई हसाउन चर्चित हास्य कलाकारहरू त्यहाँ पुग्ने भएका छन्।
द लाफ्टर थेरापीले भदौ २१ गते पोखरामा हास्य कार्यक्रम गर्ने भएको हो। कार्यक्रम बेलुकी ४ बजेदेखि ६ बजेसम्म पोखरा थ्रेटर गैरा पाटनमा सञ्चालन हुने छ।
‘द लाफ्टर थेरापी‘ नाम दिइएको कार्यक्रममा स्ट्यान्डप कमेडीयन अर्जुन पोखरेल, सन्तोष तिवारी, रेशम सापकोटा, आयुष घिमिरेले आफ्नो प्रस्तुति देखाउने छन्।
कार्यक्रम अवलोकनका लागि विद्यार्थीका लागि दुई सय र अन्यका लागि तीन सय शुल्क निर्धारणा गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको सञ्चालन जनत अधिकारीले गर्ने छन्।
लगत्तै यस्तै प्रकृतिको कार्यक्रम विराटनगर, चितवन, बुटवल र नेपालगञ्जमा गर्ने योजनासमेत रहेको आयोजकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment