६ घण्टा कृत्रिम स्वास दिएर शिशु बचाउने पुजालाई ‘उत्कष्ट नर्स अवार्ड’

डिसी नेपाल
१८ भदौ २०८२ १६:४८
580
Shares

बैतडी । बैतडीको सिगास गाउँपालिका४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित भएकी छन्।

स्वास्थ्य खबरपत्रिकाको १६औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३औं हेल्थ अवार्ड कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो।

पुजारा उपकरणबिनै लगातार ६ घण्टासम्म मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन्। दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको अद्वितीय उदाहरण प्रस्तुत गरेबापत उनलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

सोमबार सम्पन्न कार्यक्रममा विभिन्न ९ विधामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई अवार्ड दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.