त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सेना परिचालन

डिसी नेपाल
२४ भदौ २०८२ १३:२४
1.3k
Shares

काठमाडौं । सुरक्षा कारण देखाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । यससँगै विमानस्थल क्षेत्रमा सेना परिचालन गरिएको छ ।

निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थल आसपासका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र घटनाक्रमले हवाइ सुरक्षा चुनौतीपूर्ण बनाएकोले यस्तो गरिएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.