कांग्रेस प्रवक्ता डा. महतको निजी निवासमा आगजनी
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतको निजी निवासमा आगजनी गरिएको छ।
काठमाडौंको बाँसवारीस्थित नेता महतको घरमा मंगलबार प्रदर्शनरत युवाहरूले आगजनी गरेका हुन्।
पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा समेत तोडफोड भएको छ।
आज प्रदर्शनरत युवाहरुले संसद् भवन नयाँ वानेश्वरमा समेत आगजनी गरेका छन्। केहीबेरअघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment