संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल
काठमाडौं। वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा।सन्दुक रुइतले जेनजी आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तीको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराएका छन्।
उनले भनेका छन्, ‘भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’
उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौँ, सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment