राष्ट्रहित र अपराध न्यूनीकरणका लागि प्रहरी महानिरीक्षकको आह्वान

डिसी नेपाल
२५ भदौ २०८२ ८:००

काठमाडौं। नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको कार्यालयले नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेको छ।

मंगलबार साझ एक विज्ञप्ति जारी गर्दै नेपाली प्रहरी प्रधान कार्यालयले जेनजीहरुको आन्दोलनले कारण अनपेक्षित एवं दुःखद घटना भएको भन्दै राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको बताएको छ।

विज्ञप्तिका भनिएको छ, ‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरू नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका खातिर जिम्मेवारी बोधका साथ मुलुक प्रति समर्पित हुन अत्यन्त आवश्यक भएको छ।’

नेपाली प्रहरीले नागरिक-प्रहरीका साझेदारीपुर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण र शान्ति पुनस्र्थापनाका लागि सहयोगको अपिल समेत गरेको छ।

‘उत्पन्न परिणाम स्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक-प्रहरीका साझेदारीपुर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनस्र्थापनार्थ निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनको माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.