टोपबहादुर रायमाझी कारागारबाट भागे

डिसी नेपाल
२५ भदौ २०८२ १५:३१
104
Shares

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी भागेका छन् । यहाँबाट रायमाझीसँगै करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

कारागारमा ३८ सय कैदीबन्दी रहेकामा अहिले करिब ५ सयको हाराहारीमा मात्रै बाँकी छन् । भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.