साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा

डिसी नेपाल
२५ भदौ २०८२ १८:३२

काठमाडौं। देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साँझ ६ बजेदेखि कर्फ्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ।

पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो।

सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ।

नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ। साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.