बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह

डिसी नेपाल
२५ भदौ २०८२ १९:५०
4
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ।

यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका संघीय समन्वय समिति प्रतिनिधी प्रविन सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

साथै देशभर रहेका नेपाल बाल संगठनसहितका बालगृह र त्यहाँ संरक्षित बालबालिकाको खाना, सुरक्षित आवास र सुरक्षाका निम्ति तत्पर रहन सम्पूर्ण सरोकारवाला संघसंस्थालाई अनुरोधसमेत गरिएको समितिको केन्द्रीय सदस्य सोनी भट्टराईले जानकारी दिइन्।

साथै अहिलेको परिस्थितिबाट सिर्जित प्रतिकूल अवस्थालाई सामान्य बनाउँदै लैजानु अबको आवश्यकता भएकाले उक्त कार्यमा जुट्नसमेत सम्पूर्णमा अपिल गरिएको छ।

महानगर पहरी बलसँगको सहकार्यमा घाइते बालबालिकाको उपचार, यातायात अमस्या र कुरुवालाई खानपानसहितको समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ। हाल कामपामा ३१ वटा बालगृहरू रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.