सरकारको नेतृत्वबारे विवाद, हर्क साम्पाङले समर्थक उतारेपछि जंगी अड्डाबाहिर होहल्ला

डिसी नेपाल
२५ भदौ २०८२ २०:२२
64
Shares

काठमाडौं। आगामी सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा युवाहरुबीच नै विवाद देखिएको छ। सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका केही जेनजी युवाहरुले उक्त प्रस्तावको विरोध गर्दै होहल्ला सुरु गरेका छन्। युवाहरुले कार्कीलाई सिफारिस गरेपछि प्रधानमन्त्री बन्ने इच्छा देखाएर रातारात काठमाडौं आएका धरानका मेयर उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आफ्ना समर्थकहरुलाई जंगी अड्डा बाहिर उतारेर होहल्ला मच्चाएका हुन्। जंग्गीअड्डामा उपस्थित भीडले सुशीला कार्कीलाई नमान्ने भन्दै हर्क साम्पाङ वा बालेन साहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेका छन्।

कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले समेत समर्थन जनाइसकेका छन्। तर साम्पाङले भने बालेनले र आफूले कार्कीलाई समर्थन नगरेको भन्दै गलत हल्ला भएको बताएका छन्।

साम्पाङ धरानबाट काठमाडौं आएर सिधै जंगी अड्डा पुगेका हुन्। उनले लगातार फेसबुकमा स्ट्याटस लेख्दै आफू प्रधानमन्त्री हुने इच्छा जताइरहेका छन्। उनले फेसबुकबाट आफूलाई समर्थन गर्न आग्रह गर्दै कुरा बिग्रे फेरि बिद्रोह हुने संकेत देखिएको समेत बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.