रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते

डिसी नेपाल
२६ भदौ २०८२ ८:४४
104
Shares

रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल  रामेछाप लगिएको छ ।

हाल कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.