राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

डिसी नेपाल
२६ भदौ २०८२ १३:२७
68
Shares

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ। भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्।

साथै, फरार १२ जना कैदीहरू आफैं फर्की कारागारमा हाजिर भएका छन्। यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै सुरक्षा निकायसँग झडप गरेका थिए। उक्त झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ।

यसैबीच, काभ्रेपलान्चोकको बनेपा९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियारहरू समेत बरामद भएको नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.