राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

डिसी नेपाल
२७ भदौ २०८२ १०:४०
172
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकको भनाइअनुसार नेपाल सरकार, रक्षा मन्त्रालय तथा नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था मिलाइएको छ।

यस क्रममा सञ्चालनमा रहेका बैंकका शाखा, एटीएम तथा अन्य उपलब्ध सेवाबारे जानकारी सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

सूचनामा भनिएको छ, “यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गरी कारोबार गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ।”

राष्ट्र बैंकले आपत्कालीन परिस्थितीमा समेत वित्तीय सेवा पहुँचमा ल्याउन तथा भीडभाड न्यून गराउन डिजिटल माध्यमलाई सुरक्षित विकल्पका रूपमा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.