वीरगन्ज कारागार भत्काएर भाग्न खोजेका कैदीलाई नियन्त्रण लिइयो

डिसी नेपाल
२७ भदौ २०८२ १५:५४
32
Shares

वीरगन्ज पर्सास्थित वीरगन्ज कारागारमा कैदीबन्दीहरूले तोडफोड र भाग्ने प्रयास गरेपनि कोहीपनि भाग्न नसकेको कारागार प्रशासनले स्पष्ट पारेको छ

कारागार प्रशासक बाबुलाल रेग्मीले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते राति ११ बजेदेखि सुरु भएको घटनामा कैदीबन्दीहरूले सीसीटीभी क्यामेरा फुटाउने र भित्रि संरचना ध्वस्त पार्ने प्रयास गरेका थिए

साथै, कारागारको बाहिरी पर्खालका तीन स्थानमा भत्काएर बाहिर निस्कने प्रयास भएपनि सुरक्षाकर्मीले विभिन्न रणनीति अपनाई सबैलाई नियन्त्रणमा लिएका थिए।

प्रशासनका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन र कारागारमा रहेका सबै कैदीबन्दीहरू पूर्ण रूपमा सुरक्षित छन् हाल कारागारको अवस्था सहज र नियन्त्रणमा रहेको जनाइएको छ

यसबारे कैदीबन्दीका परिवार, आफन्तजन तथा सरोकारवालाहरूलाई पनि जानकारी गराइएको कारागार प्रशासनले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.