नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु

डिसी नेपाल
२७ भदौ २०८२ १६:१७
560
Shares

काठमाडौं। नयाँ सरकार गठनको तयारीसंगै अब बन्ने प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ।

जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो।

हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ। त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ।

यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजि गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.