विहे गरेको दुई महिनामै जेनजी आन्दोलनमा ज्यान गुमाए असाहव आलमले

डिसी नेपाल
२७ भदौ २०८२ १६:४२
400
Shares

वीरगन्ज जेनजी आन्दोलनका क्रममा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि भएको छ

वीरगन्ज महानगरपालिका१२ बस्ने २२ वर्षीय असाहव आलम ठकुराईको आन्दोलनकै क्रममा गोली लागेर ज्यान गएको उनका परिवारले बताएका छन्

असाहव आलमकी आमा नाजला खातुनका अनुसार, मंगलबार बिहान करिब १० बजे उनी छोरासँग मोबाइलमा कुरा गरेकी थिइन्

तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो

नाजला खतुनले भनिन् ‘मेरो छोराको बिहे भएको दुई महिना दुई दिन मात्रै भयो ऊ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै पठाओमा काम गर्दैथियो अब हामीलाई हेरचाह गर्ने कोही रहेन

परिवार र आफन्तका अनुसार, मृतकको शव वीरगन्ज ल्याउने तयारी भइरहेको छ असाहव आलमको निधनसँगै आन्दोलनका क्रममा वीरगन्जमा स्थानीयहरूबीच शोक छाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.