पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा
काठमाडौं । सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ। कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ।
जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन्।
चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी पर्यटकहरुका कारण खचाखच हुने गरेको थियो। तर नेपालको अस्थिर राजनीतिका कारण पर्यटकहरुले होटल र ट्रेकिङको बुकिङ समेत क्यान्सिल गर्न थालेको व्यवसायीहरु बताउँछन्।
केही दिन यता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ। त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र।
तर ठमेलका व्यापारीहरुका मनमा आज होला कि भोलि होला भन्ने आश मारेका छैनन्। कोभिडपछि व्यापार व्यवसाय फस्टाउनै नसकेको व्यवसाय थोरै राम्रो होला जस्तो थियो तर आन्दोलनका कारण व्यवसाय ओरालो लागेको ठमेलका कपडा पसले जीवन रुवाली बताँउछन्।
नेपाल न्यूज बैकंसँगको कुराकानीमा उनले आन्दोलनपछि आवातजावतमा कडाइ भएपछि व्यवसाय ठप्प भएको बताए।
‘३० बर्षको अवधीमा धेरै कठिनाइहरु भोगेका छौं। तर हिम्मत हारेका थिएनौं तर यो चाडपर्वकै मुखमा आन्दोलन हुँदा ठूलो मारमा परेका छौं। कर्फयु लागेपछि व्यापार व्यवसायमा धेरै फरक आएको छ। एक त कोभिडपछि व्यापार फस्टाउनै सकेको थिएन। थोरै राम्रो हुन लागेको मात्र थियो। अहिले फेरि आन्दोलनले नकरात्मक असर पुग्यो,’ उनले भने।
त्यस्तै उनले नेताहरुका कारण देशमा भ्रष्टाचारले सिमा नाघेका कारणले पनि युवाहरुले युवाहरु आक्रोशित भएर हालको अवस्था सिर्जना भएको उनको बुझाइ छ।
आन्दोलनका क्रममा सम्पदाहरु, ट्रेकिङ रुटहरु, प्राकृतिक दृश्यहरु जस्ताको त्यस्तै भएकाले फेर व्यवसाय फस्टाउनेमा आफू विश्वस्त रहेको उनले बताए। ‘यतिबेला पर्यटनहरु आउने सिजन सुरु भएको थियो। तर विचैमा आन्दोलन हुँदा असर पुगेको छ। हाल ग्राह नभएपनि पसल खोलेर बसेका छौं। यसो गर्नुको उद्देश्य पर्यटकहरुमा गलत सन्देश नजावोस् र चहलपहल बढोस् भन्नका लागि हो,’ उनले भने।
त्यस्तै अर्का कार्गो व्यवसायी दिनेश आचार्यले माओवादीको द्वन्द्वदेखि नै व्यवसायीहरु मर्कामा परिरहेको बताउँछन्। उनले आज होला भोली होला भन्दाभन्दै दशक वितेपनि व्यवसायमा सुधार नभएको गुनासो गरे।
‘आज राम्रो होला कि भोलि राम्रो होला भन्दै दशक विताइसकियो। द्वन्द्वदेखि ०७२ सालको भुकम्प त्यसपछि कोभिडका कारण व्यवसाय शिथिल छ। यो आन्दोलनले झनै आक्रान्त पार्यो। देश एकपछि अर्को अन्योलमा फसेको छ। एक दिन देशमा शान्ति होला, हामीलाई सहज होला भन्दै विदेश नगई नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको तर कहिलेपनि सोचेजस्तो भएन्। २५ बर्षदेखि यो व्यवसाय समाल्दै आएपनि कहिल्यै त्यस्ता सुर्वण दिन आएनन्,’उनले भने।
पर्यटन क्षेत्रमा भर्खरै मात्रमा सिजन सुरु हुन लागेको बेला निषेधाज्ञा भएकाले पर्यटन व्यवसायीलाई कठिनाई भएको बताए।







डिसी नेपाल







Facebook Comment