लुटिएका ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

डिसी नेपाल
२७ भदौ २०८२ २१:५५
96
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ।

सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको जनाएको छ।

यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ। यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.