आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२८ भदौ २०८२ ७:०७
60
Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जसले गर्दा शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

आज दिउँसो देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.