माछा मार्ने क्रममा डुबेर आमाछोरीको मृत्यु

डिसी नेपाल
२८ भदौ २०८२ १९:११
88
Shares

दाङ। लमही नगरपालिका–१ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही–१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसोखोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।

घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.