जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

डिसी नेपाल
२९ भदौ २०८२ १७:२४
12
Shares

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ।

आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो।

राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए। उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए।

भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए। केही व्यक्तिले करीब २०० वटा राहदानी राखिएको बक्स र २०० बढी राष्ट्रिय परिचय पत्र पनि उठाएर लगेको उनले बताए।

साथै क्यामेरा, कम्प्युटर, स्क्यानर मेसिन, बायोमेट्रिक मेसिनलगायत प्राबिधिक सामानहरु लुटिनुका साथै तोड फोड र आगजनीले क्षती भएको सहायक जिल्ला अधिकारी दाहालले जानकारी दिए।

सम्पूर्ण क्षतीको विवरण संकलन भइरहेको र विवरण संकलन पश्चात नयाँ सामान ल्याएर बन्द रहेका सेवाहरु पनि सुचारु गर्ने हिसाबले काम भइरहेको उनले बताए। साथै उनले सामान लुटेर लगेकालाई सामान फिर्ता गर्न आग्रह समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.