जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

डिसी नेपाल
२९ भदौ २०८२ १८:४४
44
Shares

मुगु । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २,४ र ६ का १४ जना स्थानीयलाई आइतबार एकै कुकुरले क्रमश आक्रमण गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

कुकुरको आक्रमणबाट घाइते भएका १४ जना मध्य वडा नंं. २ का ५ जना (नरेन्द्र केसी,सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन्।

त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए।

रेविज लागेको भुसिया कुकुरले टोकेको ७२ घण्टा भित्र अनिवार्य रुपमा लगाउनु पर्ने ‘एमिनो ग्लोबिन’ औषधी जुम्लामा छैन्।

एन्टी रेविज भ्याक्सीन जिल्लामा केही मात्रामा भएपनि एमिनो ग्लोबिन नाम औषधी जुम्लामा नभएपछि कालिकोटबाट मगाइएको स्वास्थ्य शाखा प्रमुख चौलागाईले कर्णाली मिसनलाई जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कमल थानीको समन्वय तथा तातोपानी गाउँपालिकाको लगानीमा एमिनो ग्लोबिन औषधी जुम्ला ल्याउन लागिएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले घाईते नागरिकको सकुशल उपचारका लागि पालिकाले बजेट खर्च र कुनै पनि हालतमा उक्त भ्याक्सीन ल्याउन अनुरोध गरेपछि ३२ डोज एमिनो ग्लोविन कालिकोट बाट ल्याउन लागिएको हो।

३२ डोजका लागि आबश्यक पर्ने ३२ हजार रुपैया तातोपानी गाउँपालिकाले तिर्ने छ। प्रति डोजको एक हजारका दरले ३२ हजारको ३२ डोज एमिनो ग्लोबिन कालिकोटबाट ल्याईदै छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर कमल थानीले घाइते सबैलाई एन्टी रेविज खोप लगाइएको बताएका छन।

उनले भने, ‘एमिनो ग्लोबिन औषधी जुम्ला र नेपालगन्जमा पनि भेटिएनन्। कालिकोट भएकाले समन्वय गरेर ल्याउँदै छौं। ७२ घण्टा भित्र उक्त औषधी दिनैपर्छ। अहिले घाउमा टाका पनि लगाउन मिल्दैन्। कम्तीमा एक हप्तासम्म भर्ना गरेर उपचार गर्नुपर्छ। अहिले घाइतेहरूको भर्ना भइरहेको छ।’

यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.