जेलबाट फरार चार कैदीबन्दी पक्राउ

डिसी नेपाल
२९ भदौ २०८२ १९:४०
68
Shares

महेन्द्रनगर (धनुषा) । यहाँ जेलबाट फरार चार जनालाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिए।

पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको उनले बताए।

उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नक्खु कारागारबाट भागेको खुलेको छ। उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.