सुदन किरातीको प्रश्न: जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?

डिसी नेपाल
९ असोज २०८२ ९:४०
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *