पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं : अध्यक्ष दाहाल

डिसी नेपाल
९ असोज २०८२ २२:१६
28
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पुर्‍याइने बताएका छन्।

आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट टुङ्ग्याइने बताउनुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दि

सुस्पष्ट वैज्ञानिक विचार, सुनिश्चित विधि र प्रक्रियाद्वारा नेतृत्वका बारेमा छलफल सुरु भएको छ। मलाई अध्यक्षमा बसिरहने इच्छा छैन। तर नेतृत्वको वैज्ञानिक प्रणालीअन्तर्गत यसलाई सुनिश्चित गर्नुपर्छ, अध्यक्ष दाहालले भने, मेरो नेतृत्वको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रुपमा रहिरहनेछु। तर पनि पार्टीभित्र नेतृत्वको बहस भइरहेको छ । यसलाई तार्किक निष्कर्षमा पु-याउँछौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *