राजनीतिक दवावमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने तयारी

अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने दाबी

डिसी नेपाल
१० असोज २०८२ १४:०३
88
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दवावमा बन्द गरिएका अनुसन्धानका सवै फाइल खोल्ने बताएका छन्।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को निरिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दवावका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सवै फाइल खोल्ने बताएका हुन्।

उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गरे। सुशासनका दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरुको म्यान्डेड बिचैमा भंग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उहाले बताए।

शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने उनको भनाइ छ। गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रुपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *