फागुनको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूसहितको राष्ट्रिय संवाद आवश्यक : नैनसिंह महर

डिसी नेपाल
१२ असोज २०८२ १६:००
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताएका छन्।

आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक एक विमर्श कार्यक्रममा बोल्दै नेता महरले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमबाट नयाँ जनमत लिनुपर्ने बताउका हुन्। लोकतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीलाई सुचारु गर्न निर्वाचन प्रणालीलाई अंगीकार गर्नुपर्छ। त्यसको अर्को विकल्प संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन्छ,’ उनले भने।

आजको प्रमुख विषय अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवादमार्फत निर्क्यौल गर्दै संविधानलाई सही लिकमा ल्याउनुपर्ने धारणा उनको छ।

उनले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गरे। एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको छ, उनले भने, यस्तो अवस्थामा राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो।

उनले हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको बताए।

महरले जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न जनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचारविरुद्धको अभियान थाल्नुपर्नेमा जोड दिए।

भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो, जबसम्म यसलाई जरैदेखि उखेल्न सकिँदैन, तबसम्म राष्ट्र निर्माणको कुरा गर्नु निरर्थक हुन्छ, महरले भने। उनले ठूला २०१७ सालदेखि आजसम्म सार्वजनिक पदमा बसेकाहरू सम्पत्ति छानबिनक लागि अधिकार सम्पन्न उच्च स्तरीय समिति बनाउनु पर्ने बताए।

काण्डहरूमा समेत राजनीतिक संरक्षण हुने गरेका कारण आमजनताको राज्य संयन्त्रमाथिको विश्वास गुम्दै गएको सत्यहो तर वर्तमान सरकार पर्वाही तरिकाले अगाडि बडेको खण्डमा भने जनताले अस्वीकार गर्ने बताउँदै महरले ‘लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुखसहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने र फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए।

महरले आफू सदैव जनताले खोजेको परिवर्तनको पक्षमा रहेको बताका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *