ऊर्जामन्त्रीलाई नयाँ दिल्ली जान मन्त्रिपरिषद्ले दियो स्वीकृति

डिसी नेपाल
१२ असोज २०८२ १९:३९
264
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा सहभागी हुने भएका छन्।

आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने बैठकमा सहभागी हुन जान लागेका हुन्। बैठकमा सहभागी हुन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

‘कात्तिक १० देखि १३ गतेसम्म भारतको भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्टिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी स्वीकृति दिने निर्णय भएको छ,’ सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *