वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।
आज सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा, दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर गरेका छन्।।
‘विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment