वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त

डिसी नेपाल
१९ असोज २०८२ २३:०६
48
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

आज सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा, दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर गरेका छन्।।

‘विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *