अख्तियार प्रमुखको राजीनामा माग्दै अख्तियारमै निवेदन लिएर गए जेन जी युवा

डिसी नेपाल
२१ असोज २०८२ १२:१३
64
Shares

काठमाडौं । ‘जेन-जी मुभमेन्ट अलायन्स’ का युवाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर अख्तियारकै कार्यालयमा पुगेका छन।

‘जेन-जी मुभमेन्ट अलायन्स’ ले हिजो प्रमुख आयुक्त र आयुक्तहरूलाई राजीनामा दिन दबाब दिँदै इमेल पठाएको थियो । आज उनीहरू राजीनामाको माग गर्दै निवेदन नै लिएर आयोगको कार्यालय टंगाल पुगेका हुन् ।

उनीहरूले अख्तियारमा दलका मान्छे नियुक्त गरिएको भन्दै अहिलेका प्रमुख आयुक्त र आयुक्तहरूको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । उनीहरूले अख्तियारका पदाधिकारीहरू नयाँ नुयुक्त गरिनुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *