हथौडा प्रहार गरी श्रीमान‍्को हत्या गर्ने महिला पक्राउ

डिसी नेपाल
९ कार्तिक २०८२ २२:२५
328
Shares

धनगढी । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हत्या गरेकी हुन्।

प्रारम्भिक अनुसन्धानबाट हथौडा प्रहारबाट कठरियाको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए।

घरायसी विवादपछि हथौड़ा प्रहारबाट कडरिया गम्भीर घाइते भएक थिए। त्यसपछि उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.