गोली प्रहार गरेर छोराको हत्या
पाँचथर । पाँचथरको मिक्लाजुङ-८ भदौरका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले भरुवा बन्दुक प्रहार गरेर छोराको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर पछाडि बारीमा भरुवा बन्दुक चलाएर हत्या गरेका हुन्। उनले चलाएको बन्दुकको गोली लागेर १७ वर्षीय छोरा सफल सिंगकको ज्यान गएको हो।
उनको शरीरका विभिन्न भागमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरी टोलीले बखतसिंहलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment