नेपाल मिथिलादेखि वासिंटन डिसीसम्म अमेरिकामा छठ मनाइँदै

डिसी नेपाल
१० कार्तिक २०८२ ११:३४
8
Shares

काठमाडौं । नेपाल मिथिलादेखि वासिंटन डिसीसम्म नाराका साथ अमेरिकामा छठ पर्व विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाल एजेकेशन एन्ड कल्चर सेन्टर (एनईसीसी) र एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एनटीए)को आयोजनामा आज दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म र भोली ५:३० देखि ७:३० सम्म छठ विशेष कार्यक्रम गरिने भएको हो।

हाम्रो संस्कृति जोगाउनुहोस्, हाम्रो भविष्यलाई प्रेरणा दिनुहोस् भन्ने भावका साथ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमको नारा वाशिंगटन डिसी अमेरिकामा भव्य उत्सव, नेपाल मिथिलादेखि वाशिंगटन डिसीसम्म, एक मुटु एक सम्पदा नारा दिइएको छ।

आज छठ पर्वको अवसरमा ‘सझुका अरख’को तयारी गरिँदै छ। व्रतालु आज निराहार व्रतमा छन्। निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ। कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए।

श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा श्रद्धालुहरूले पुजा गरिने जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन्। वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ। व्रत समापन गरिने बिहानको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए। यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ।

‘खरना’ विधिका दिन बिहानै नुहाएर दिनभरि उपवास बसेर साँझ चन्द्र दर्शन गर्दै घरका कूलदेवता र छठी मातालाई सख्खरमा पकाइएको चामलको खिर चढाइन्छ। त्यही खिर खाएपछि वर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । यो ‘खरना’ को प्रसाद नयाँ माटोको चुल्होमा पकाउने मैथिल चलन छ।

‘खरना’ सकेर व्रत आरम्भ भएपछि पर्सिपल्ट बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछिमात्र व्रत पूर्ण हुन्छ। यसपालि भोलि मङ्गलबार बिहान ६ बजेर १२ मिनेटमा सूर्योदय हुने बेला छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.