“छक्का पञ्जा इन गेथेस्बर्ग” कार्यक्रम भब्य रुपमा सम्पन्न

डिसी नेपाल
१२ कार्तिक २०८२ ७:३२
132
Shares

चार भाइ इन्टरटेनमेन्टको प्रस्तुतीमा “छक्का पञ्जा इन गेथेस्बर्ग” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। नेपाली चर्चित कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायत अमेरिका भ्रमणमा रहेका बेला ४ भाइ इन्टरटेनमेटले भ्रमणको अन्तिम कार्यक्रम भेटघाट र विदाई स्वरूप यस कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार शिवहरि पौडेल तथा चर्चित नायक प्रज्वल गिरीको पनि उपस्थिति रहेको ४ भाइका प्रमुख दिवश वनले जानकारी दिए।

पहिले पटक दीपक, दीपा र जितु नेपाललाई गेथेस्बर्गमा देख्न पाउँदा त्यस क्षेत्रमा बसोवास गर्ने नेपाली कलाप्रेमी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। धेरैले दीपक, दीपा र जितुसँग नांचगान पनि गरे।

निरन्तर रूपमा यस्ता नेपाली कला तथा सांस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने यस कार्यक्रमका संयोजक निमेष गिरीले बताए।

नेपाली कला एवं चलचित्र क्षेत्रका विविध गतिविधि आफू जहाँ भए पनि निरन्तरता दिनुर्पछ भन्ने सोचने यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको ४ भाइ इन्टरसमेन्टका सल्लाहकार एवम चलचित्र प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले बताए।

साथै कार्यक्रमको सफलताको लागी यस संस्थां ४ भाइ इन्टरटेनमेन्टका सदस्यहरु उत्सव रिमाल, राजेन्द्र श्रेष्ठ अनी पुराना रेडियोकर्मी सन्जु शहीको पनि बिशेष भूमिका रहेको थियो।

कार्यक्रमको संचालन वरिष्ठ गीतकार एवं निर्माता वावुराम दाहालले गरेका थिए। कार्यक्रमला रोचक बनाउन दीपक, दीपा अनि जितुले एकल प्रस्तुतीका साथ संयुक्त प्रस्तुती पनि गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.